टेलिकमका पूर्व प्रबन्ध निर्देशक र मुद्रण कोषका कार्यकारी निर्देशक पौडेल पक्राउ

लोकपथ
490
Shares

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

गैरकानुनी सम्पती आर्जन गरेको आरोपमा यसअघि नै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो सम्बन्धमा अनुसन्धानका लागि बोलाउँदा नआएपछि पक्राउ गरी अनुसन्धान बढाइएको अख्तियारले जनाएको छ ।

उनीहरुले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको आरोप रहेको छ । त्यस्तै विकल पौडेलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकोले पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनीहरुले कसुरसम्बद्ध प्रमाण नष्ट सक्ने र भाग्न सक्ने सम्भावना रहेकाले पक्राउ अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?