काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
आज प्रदेशको मन्त्रिमण्डलमा सहभागि भएका २ मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । मधेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनामा दिएका हुन् ।
जनमत पार्टी मधशे प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
सरकार गठनको एक वर्षपछि जनमतलाई सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टीले सहमति तोडेको भन्दै जनमत असन्तुष्ट रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया