पत्रकार सम्मेलनमा देखिएको रवि लामिछानेको विनम्रता

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।

आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले तत्कालिन ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक जिबी राईबाट १ करोड ८० लाख आएको भन्ने विषयमा स्पष्ट पारेका हुन् । उनले कसैबाट आफ्नो खाताबाट १ करोड ८० लाख नआएको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सञ्चार माध्ययमलाई संवेदनशील बन्नका लागि आग्रह समेत गरेका छन् । यसअघिको पत्रकार सम्मेलनमा उग्रता देखाएका कारण आलोचना भएपछि अहिलेको पत्रकार सम्मेलनमा उनी नम्र देखिएका छन् ।

उनले यसअघिको पत्रकार सम्मेलनमा केही व्यक्तिहरुलाई गरिएको गालीप्रति क्षमा समेत मागेका छन् । यसअघिको पत्रकार सम्मेलनमा उनले विभिन्न सञ्चारमाध्ययमका सञ्चालक र पत्रकारहरुमाथि खनिएका थिए ।

उनले त्यसबेला विभिन्न मिडियालाई ‘१२ भाई’ को उपनाम दिँदै सञ्चालकहरु एकै ठाउँमा बसेर आफ्नो बारेमा नकारात्मक धारणा सिर्जना गर्ने गरेको भन्दै कटाक्ष गरेका थिए । तर आजको पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफ्नो लडाईँ कसैसँग नभएको भन्दै समृद्धिको यात्रामा मिडियासँग आफूू सहकार्य गर्न चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?