काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आफूमाथि सहकारी ठगी प्रकरणका विषयमा प्रश्न उठेपछि पूर्व गृहमन्त्री समेत रहेका सभापति लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
रवि लामिछाने प्रवन्ध निर्देशक रहेको ग्यालेक्सी टेलिभिजनले सहकारीबाट करोडौँ रकम डुबाएपछि लामिछाने विवादमा तानिएका हुन् ।
लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजन छाड्दा सबै सेयर फिर्ता गरेको बताउँदै आएका छन् । तर उनलाई ग्यालेक्सीका सञ्चालक जिबी राईको नामबाट १ करोड ८० लाख रुपैयाँ लामिछानेको खातामा आएको तथ्य सार्वजनिक भएसँगै लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै लामिछानेले अपरान्ह ४ः३० बजे पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् ।
‘सम्पुर्ण गाली गलोजहरु सुरक्षीत राख्नु होला। कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ। पार्टी कार्यालयमा आज ४३० बजे पत्रकार सम्मेलनमा प्रश्न सहित आउनु होला।’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया