काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा निर्मित राम मन्दिर भारत दिग्दर्शनको मन्दिर रहेको बताएका छन् ।
आज अयोध्यास्थित राममन्दिर प्राण प्रतिष्ठा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राम मन्दिर केवल मन्दिर मात्र नभएर राष्ट्र चेतनाको मन्दिर भएको बताए ।
‘भारतका दर्शनका भारत दिग्दर्शनका मन्दिर हे । ऐ रामके रुपमे, राष्ट्र चेतनाका मन्दिर हे । राम भारतका आस्था हे । राम भारतका आधार हे । राम भारतका विचार हे । राम भारतका विधान हे । राम भारतका चेतना हे । राम भारतका चिन्तन हे । राम भारतका प्रतिष्ठा हे । राम भारतका प्रताप हे । राम प्रभा हे, राम प्रवाह हे । राम नीति भी हे, राम नित्यता भी हे । राम निरन्तरता भी हे ।’ प्रधानमन्त्री मोदीले भने ।
त्यस्तै प्रधानमन्त्री मोदीले अबको हजारौँ वर्षसम्म पनि आजको दिनलाई भारतीय र हिन्दूहरुले सम्झिरहने बताए ।
मन्दिर बनाउने विषयमा उक्त क्षेत्रलाई विवादित बनाइएको भन्दै राम विवाद नभइ समाधान रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया