राष्ट्रिय सभा निर्वाचनका लागि आज रातिबाट मौनअवधि

लोकपथ
28
Shares

 

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि मौनअवधि शुरु हुँदैछ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि शुरु हुन लागेको निर्वाचन आयोग नेपालले जनाएको छ ।

आयोगका अनुसार मौन अवधि शुरु भएपश्चामत आज रातिबाट प्रचार प्रसार निषेध गरिएको छ । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहने आयोगले जनाएको छ ।

६ वर्षे कार्यकाल सकिएर रिक्त १९ पदपूर्तिका लागि निर्वाचन हुन लागेको हो । आगामी माघ ११ गते बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । २० जनाको कार्यकाल सकिने भए पनि १ जना भने राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

१९ पदका लागि देशभरबाट ५२ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?