सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ दोषी ठहर

लोकपथ
2.6k
Shares

काठमाडौं । संविधान सभा सदस्य एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ दोषी ठहर भएका छन् ।

विशेष अदालतले तामाङलाई सम्पती शुद्धिरकण मुद्दामा दोषी ठहर गरेको हो ।

उनीविरुद्ध एक वर्षअघि सम्पती शुद्धिरकण विभागले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दामा विशेषका न्यायाधीश अध्यक्ष टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरु हेमनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठलाई दोषी ठहर गरेको हो । त्यस्तै सजाय अर्को इजलासले निर्धारण गर्नेछ ।

सोही मुद्दामा तामाङ दम्पतीबाहेक थप ४ जना पनि दोषी ठहर भएको विशेष अदालतले जनाएको छ ।

यो मुद्दाको कसुर निर्धारणका लागि यही माघ २१ गते इजलास तोकिएको छ । उनीहरुविरुद्ध सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताहरूको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।

तामाङ दोस्रो संविधानसभामा एमालेको तर्फबाट सांसदसमेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?