‘काम गरौँ प्रचार नगरौँ’ भन्दै कानुनमन्त्री गुरुङले गरे आफ्नै कामको प्रचार

लोकपथ
70
Shares

काठमाडौं । ‘काम गरौँ प्रचार नगरौँ’ भन्दै कानुनमन्त्री धनराज गुरुङले आफ्नो कामको प्रचार गरेका छन् ।

स्याङ्जाका विभिन्न आयोजनाहरु निर्माणमा आफूले पहल गरे पनि आफ्नो नाम नआएको भन्दै मन्त्री गुरुङले प्रचार गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै मन्त्री गुरुङले विभिन्न आयोजनाहरु बहुवर्षीय बनाइएको र रकम विनियोजन गरिएको अर्थ मन्त्रालयका २ पत्र सार्वजनिक गरेका छन् ।

आफूले ‘काम गरौँ प्रचार नगरौँ’ भन्ने शिद्धान्त अवलम्बन गरे पनि काम गर्ने कालु मकै खाने भालु प्रवृत्ति देखिएको भन्दै आफूले ती योजनाहरु सार्वजनिक गरेको बताए ।

उनले उक्त तस्बिरसहित धारणा सार्वजनिक गरेपछि विभिन्न प्रतिकृयाहरु सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबाट आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?