न्यायको खरिदविक्री भइरहेको छ : आरसी विमल

लोकपथ
105
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल)ले न्यायपालिकामा देखिएका विकृती, बिसंगती, अनियमितताका कारण न्याय खरिदविक्री भइरहेको टिप्पणी गरेका छन् ।शुक्रबार उच्च अदालत बार एशोसिएशन पाटनको २७औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष पौडेलले न्याय खरिदविक्री भएका कारण न्यायपालिकाको साख जोगाउन मुस्किल भएको बताए ।

उनले भने,‘न्यायपालिकामा देखिएका विकृती, बिसंगती, अनियमितताका कारण न्याय खरिदविक्री भएको अवस्था छ । यसकारण न्यायपालिकामाथि आम नागरिकको आस्था विश्वास मर्दै गएको अवस्था छ । न्यायपालिकाको साख जोगाउन मुस्किल भएको अवस्था छ ।’

अध्यक्ष पौडेलले न्यायपालिकामा आमुख पात्रलाई नियुक्त गर्न ऐन कानून विपरित न्यायपालिकाको ऐन संशोधन गरिएको बताए । सर्वोच्च अदालतलाई अदृश्य विदेशी शक्तिले चलाएको उनको भनाई थियो । त्यस्तै, उनले नेपाल बार एसोसिएसनमा देखिएका विकृती विसंगती र भ्रष्टाचारका विरुद्ध महत्वपूर्ण भूमीका खेलेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?