वैशाख ९ गते गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७६ साल वैशाख ९  गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ डटकमको यूट्युव च्यानल  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. नेकपाले लगायो ७७ वटै जिल्ला अध्यक्ष र सचिवको टुंगो (नामावलीसहित)
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतवार साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्षको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्षको नाम टुंगो लगाएको हो । 

 

2. फलामे ढोका फोड्यौ :  प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पार्टी एकताको फलामे ढोका फोडेको बताएका छन् । नेकपाले सोमवार कमलादीमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 

 

 

3. ७८ किलो अवैध सुन बरामददेखि समुदाय प्रहरी साझेदारीसम्म, आईजीपी खनालले एक वर्षमा के–के गरे  ? 
नेपाल प्रहरीले संगठनको संघीय संरचनाको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । यस्तै प्रहरी कर्मचारीको व्यवसायिकता, पारदर्शिताका साथै मानवअधिकारको रक्षा, संगठीत अपराध नियन्त्रण, प्रहरी कर्मचारीको वृद्धिविकासलगायतका विषयलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ।  

 

 

4. काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको देउवाको दाबी : 
नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन् । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनको जिकिर थियो । 

 

5. प्रधानमन्त्री ओलीद्वारा वृद्ध भत्ता बढाउने घोषणा
प्रधानमनत्री केपी शर्मा ओलीले बजेटमार्फत वृद्ध भत्ता बढाउने घोषणा गरेका छन् । सोमवार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले केही गरेन भन्नेहरुलाई काम गरेरै जवाफ दिने बताए । 

 

 

6. तीन दिन मौसममा बदली, मेघ गर्जनसहित वर्षा
देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ ।भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

7. एउटै संगठनको दुई थरी विज्ञप्ति : हिजो गाली, आज ताली !

समाचार लेखेको विषयमा राष्ट्रिय विद्यार्थी संघका महासचिवले पत्रकारलाई गालीगलौज गर्दै निकालेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्षले विरोध गर्दै विज्ञप्ति निकालेका छन् । 

 

 

8. प्रहरी नायव महानिरीक्षकसहित नौ जना प्रहरीलाई पुरस्कार तथा प्रशंसापत्र वितरण : 
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरुजु फर्छ्‍यौटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालयमा सोमवार आयोजित कार्यक्रममा पुरस्कार तथा प्रशंसापत्र वितरण गरे ।  

 

9. भेरी बबई डाइभर्सन – दुई प्रदेशबीच मतभेद शुरु : 
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने लाभका विषयमा कर्णाली र प्रदेश नं ५ बीच मतभेद देखिन थालेको हो ।आयोजनाको बाँधस्थल र विद्युतगृह दुवै सुर्खेतमा पर्दछन् । 

 

10. श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध : 
श्रीलंकाली सरकारलेफेसबुक, इस्टाग्राम लगायतको  सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको छ । सरकारले विस्फोट सम्बन्धि झुटा खबरहरूमाथि रोक लगाउनका लागि सामाजिक सञ्जालमा रोक लगाएको बताइएको छ ।  

 

11. दुखाई बिर्सिएर सात स्वर्ण जित्ने राजु : 
आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत एपिएफका राजु राईले जिम्न्यास्टिकमा सात स्वर्ण पदक जित्दै नयाँ रेकर्ड बनाउन सफल भएका छन् । सोमवार सम्पन्न भएको पुरुषतर्फको एक स्पर्धाबाहेक सबैमा राईले स्वर्ण पदक जिते । 

 

12, बालुवाटारको सम्पत्ती प्रकरणका दोषीलाई कारवाही गर्नुपर्छ- कांग्रेस नेता केसी : 
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले केपी शर्मा ओली सरकारसँग बालुवाटारको सम्पत्ती हड्प्न खोज्नेलाई कारबाही गर्न माग गरेका छन् । सोमवार रिपोर्टर्स क्लवले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै कांगे्रस नेता केसीले  देशमा बिभिन्न ठाउँ सम्पती हड्प्ने खेल भएकोले सरकारी सम्पती हड्ने जो केही पनि सरकारले  कारवाही गर्नुपर्ने बताएका हुन् ।

 

 

13. हिन्दूराष्ट्र माग्ने कमल थापाले बनाए वार्ता टोली : 
 कमल थापा नेतृत्वको राष्ट्रि प्रजातन्त्र पार्टीले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सोमवार बिहान बसेको राप्रपा शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

 

 

14. कर निर्धारणमा चित्त नबुझेपछि एनसेल दियो सर्वोच्च अदालतमा निवेदन : 
सरकारले गरेको कर निर्धारणमा चित्त नबुझेको भन्दै एनसेल सर्वोच्च अदालतमा निवेदन लिएर पुगेको छ । ठूला करदाता कार्यालयले निर्धारण गरेको कर नमिलेको भन्दै एनसेल सर्वोच्च पुगेको हो ।

 

15. तारा एयरको विमान दुर्घटना हुनबाट बच्यो : 
 रामेछाप विमानस्थलमा तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ ।  सोमबार बिहान लुक्लाबाट रामेछाप आएको तारा एयरको नाइन एन ८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो ।

16. अञ्चल अस्पतालमा औषधी अभाव, बिरामी रित्तोहात फर्किन बाध्य : 
कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा औषधी अभाव भएको छ । महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधी अभाव भएको हो । औषधी अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । 

 

17.रसायनशास्त्र स्नातकोत्तर तहको परीक्षा तालिका परिवर्तन : 
त्रिवि विश्वविद्यालयले रसायनशास्त्र स्नातकोत्तर तहको परीक्षा तालिका परिवर्तन गरेको छ । सोमवार विज्ञान तथा प्रविधि अध्ययन संस्था डीनको कार्यालयले विज्ञप्ति जारी गर्दै रसायनशास्त्र स्नातकोत्तर तहको परीक्षा तालिका परिवर्तन भएको जानकारी दिएको हो । 

18. वैशाखभित्र माथिल्लो तामाकोसीमा पेनस्टक पाइप जडान हुने : 
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा पनेस्टक पाइप जडान शुरु गर्ने भएको छ । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४ सय ५६ मेगावाटको यो जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा यहि वैशाख २२ गतेभित्रमा पेनस्टक पाइप जडान शुरु गर्न लागेको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?