पशुपति जलहरी पक्ररण : कोषका निलम्बित सदस्यसचिव थापासँग ३ लाख धरौटी माग

लोकपथ
259
Shares

काठमाडौं । पशुपतिको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्यसचिव मिलनकुमार थापासँग ३ लाख धरौटी माग गरिएको छ ।

विशेष अदालतका न्यायाधिशहरु डा. खुुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा जोडिएका थापासहित तत्कालिन कोषका सदस्यसचिव डा. प्रदीपकुमार ढकाललाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आयोगले पशुपतिमा जलहरी राख्ने क्रममा एक किलो ४ सय ग्राम बढी सुन हिनामिना गरेको भन्दै त्यसबापत १७ करोड १ हजार ७ सय ८१ रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

सोही आधारमा विशेष अदालतले थापालाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?