काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट १३ जना कर्मचारी हटाइएको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारीलाई बिदाइ गरेका हुन् ।
माघ १ गतेबाट लागु हुनेगरी प्रधानमन्त्रीको सचिवालयबाट ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालक हटाइएको छ ।
प्रधानमन्त्रीको निर्देशनअनुसार उनीहरूलाई बिदाइ गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया