काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठले विपद् जोखिम न्यूनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् । त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने उनको आग्रह थियो ।
२६औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले अन्य स्थानीय पालिकाहरुका लागि समेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे ।
काठमाडौं महानगरपालिकाले विसं. १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा मंगलबार न्युरोडमा आयोजना गरेको स्मृति सभामा उनले महानगरपलिकाले विपद् व्यवस्थापनका लागि गरेको पहल राम्रो भएको बताए । साथै उनले भूकम्पलगायतका विपद् जोखिमबाट बच्न नयाँ मोडेलको आवश्यकता रहेको भन्दै त्यसका लागि महानगरपालिकाले प्रदेश र संघीय सरकारसँग समेत सहकार्य गर्न सक्ने बताए ।
‘यी सबै कार्यको लागि संविधानले परिकल्पना गरे अनुसार संघीय र प्रदेश सरकारका साथै काठमाडौं महानगरपलिका मिलेर जोखिम न्यूनिकरण र स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न मिलेर काम गरौं । त्यो मेडेल नेपालका सबै पालिकाहरुको लागि अनुकरणीय हुन सक्छ,’ उनको भनाइ थियो ।
गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरले विकटका पालिकालाई गरेको एम्बुलेन्स लगायतको सहयोग तथा जाजरकोट भूकम्पमा गरेको सहयोग र पुर्नर्निमाणमा देखाएको चासोको प्रशंसा गरे ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले हरेक पालिकालाई भूकम्प लगायतका अन्य विपदको जोखिमबाट बच्न सजग र सचेत गराउँदै काठमाडौंको मौलिक घर÷भवन निर्माण संरचनाको कलालाई अन्य स्थानीय पालिकामा पनि विस्तार गर्नुपर्ने धारणा राखे ।उनले काठमाडौं महानगरले सुरु गरेको आगलागी नियन्त्रणका साधन व्यवस्थापन,एक्बुलेन्स सेवा, शैक्षिक क्षेत्रको सुधार लगायतका कार्य अन्य स्थानीय पालिकाको लागि समेत अनुकरणीय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया