इमाडोलमा कपडा सुकाउने क्रममा इनारमा खसिन् महिला, उद्धार हुँदै

लोकपथ
2.3k
Shares

काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छिन् ।

सोमबार बिहान इमाडोल कृष्णमन्दिर पछाडी २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

दोलखा घर भएकी न्युटन इमाडोलमा भाडामा बस्दै आइरहेकी थिइन् । उनी कपडा सुकाउनका लागि इनारको स्ल्याबमा टेक्दा भाँचिएर इनारमा खसेकी हुन् । अहिले उद्दारको काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?