काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दा स्थगित भएको छ ।
आलमविरुद्धको मुद्दा रौतहट जिल्ला अदालतमा आज आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको भएपनि गोला नतानिएपछि स्थगितको सूचीमा परेको हो ।
जिल्ला अदालतमा आज दुई न्यायाधीश मात्रै उपस्थित भएकाले न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको बताइएको छ ।
रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम बिस्फोटका घटनामा संलग्न भन्दै प्रहरीले मोहम्मद अफताब आलमसहित अन्य ११ जनाविरुद्ध मुद्दा चलाएको थियो । २०७६ साल कात्तिक १८ गते दर्ता भएको मुद्दा ४ वर्ष कटिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया