पोखराको मित्रमिलन सहकारी ठगी प्रकरण, लेखा संयोजक अधिकारी पक्राउ

लोकपथ
371
Shares

काठमाडौं । पोखराको मित्रमिलन सहकारीको ठगी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले बुधबार मित्रमिलन सहकारीका लेखा संयोजक सूर्य अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले लोकपथलाई जानकारी दिए । डिएसपी विकका अनुसार उनलाई आजै अदालतमा समेत उपस्थित गराइएको छ ।

‘सहकारी ठगी प्रकरणमा जोडिएका सहकारीका लेखा संयोजक सूर्य अधिकारीलाई पक्राउ गरिएको छ ।’ उनले भने, ‘उहाँलाई आजै अदालतमा उपस्थित गराइएको छ । आदेश आउन बाँकी रहेको छ ।’

प्रहरीले यसअघि नै मित्रमिलन सहकारीको गठी प्रकरणमा जोडिएका अन्य व्यक्तिहरुलाई समेत पक्राउ गरिसकेको छ । जसमा प्रदेश सहकारी रजिस्टार कार्यालयका पूर्व रजिस्टार तथा कुस्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित सहकारीका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिप्रसाद पौडेललाई पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?