वैशाख ५ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७६ साल वैशाख ५ गतेका देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1.  देशभर बम आतंक : जनजीवन भयवित बन्दै, काठमाडौंमा शून्य प्रभाव ,कहाँ–कहाँ भेटियो बम ? 

– चितवनमा सिलिण्डर ग्यास विष्फोट

– पोखरामा बम विस्फोट, एक सैनिक घाइते

 

2. विप्लवको बन्दले छोएन नेकपा अध्यक्ष प्रचण्डलाई, आराम गर्न भन्दै पुगे सुकुटे :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि भन्दै सिन्धुपोल्चोकको सुकुटे पुगेका छन् । नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटासहित बिहीवार दिउँसो सुकुटे पुगेका हुन् ।

 

 

3. आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज, दुलहीजस्तै सिंगारियो नेपालगञ्ज :  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य समारोहबीच आज औपचारिक उद्घाटन हुँदैछ ।प्रतियोगिताका विभिन्न खेलहरु गत चैत २७ गतेदेखि नै जारी रहे पनि औपचारिक उद्घाटन आज साँझ साढे ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दै छिन् ।

आठौँ राष्ट्रिय खेलकुद : सय मिटर दौडमा सरस्वतीलाई स्वर्ण पदक

– आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डीमा आर्मीलाई दोहोरो उपाधि

बास्केटबलमा आर्मी र प्रहरीलाई उपाधि

पुरुष फुटबल : ५ नम्बर र एपीएफ विजयी

टंक र प्रतिभाले जिते स्वर्ण पदक

बाँकेमा ४८ करोडका खेल पूर्वाधार निर्माण, राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै

-च्याम्पियन्स लिग : ५७ वर्षपछि टोट्नह्याम पहिलो पटक सेमिफाइनलमा प्रवेश

– आर्मीलाई हक्कीको उपाधि

– फुल कन्ट्याक्ट कराँतेमा रुपक र मन्जुलाई स्वर्ण पदक

 

 

4.  इराकमा यसरी बेचिन्छन् नेपाली युवती, गल्ली–गल्लीमा भेटिन्छन् दलाल : सोचे जस्तो छैन इराक : सन् २००४ मा १२ जना नेपालीलाई जोर्डन लैजाने भन्दै दलालले इराक पुर्यो । दलालको फन्दामा पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गर्यो । सोही घटनापछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध अहिलेसम्म फुकुवा गरेको छैन । 

 

 

5. विप्लव नेतृत्वको नेकपाद्वारा मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी प्रकाण्डलाई : प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध सरकार कठोर बन्दै गएका बेला नेकपाले मध्यकमाण्ड इन्चार्जको जिम्मेवारी  खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई दिएको छ ।  हेमन्त प्रकाश ओलीले सम्हालेको जिम्मेवारी उनलाई दिइएको हो  । 

 

 

6.अर्थ मन्त्रालयले मन्त्रालयलाई भन्यो, ‘बजेट खर्च गर्न नसक्ने भए आत्मसमर्पण गर्नुस्’ :  अर्थ मन्त्रालयले मन्त्रालयहरुलाई आत्मसमर्पण गरिहाल्न आग्रह गरेको छ ।बजेट खर्च गर्न नसक्ने भए आत्मसमर्पण गरिहाल्न अर्थ मन्त्रालयले मन्त्रालयहरुलाई आग्रह गरेको हो । 
 

 

 

7. अवतरणका क्रममा वायुसेवा निगमको विमानमा चरा ठोकियो : नेपाल वायुसेवा निगमको विमानमा आज ९बिहीवार० बिहान चरा ठोक्किएको छ । मलेसियाको राजधानी क्लालामपुरबाट आउँदै गरेको निगमको विमान आरए ४१६ मा चरा ठोक्किएको हो । 

 

 

8. यू १९ विश्वकप : 

– यू १९ विश्वकप छनोट :  नेपालद्वारा कुवेत पराजित : 

– नेपालको यू – १९ विश्वकप खेल्ने सपना अधुरो : 

 

 

9. सरकारी छाप किर्ते गरेको आरोपमा राजपा केन्द्रीय सदस्य यादव पक्राउ :  राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका केन्द्रीय सदस्य बीपी यादवले सरकारी छाप किर्ते गरेको अभियोगमा पक्राउ परेका छन् । पूर्वसभासद समेत रहेका यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीको अग्रिसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक निर्माणमा किर्ते उपभोक्ता समितिमार्फत बैंक खाता खोलेको पाइएपछि उनी पक्राउ परेका हुन् । 

 

 

10. पेरुका पूर्वराष्ट्रपतिले आत्महत्या  गरे :  पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले आत्महत्या गरेका छन् । उनले गोली हामी आत्महत्या गरेका हुन् । भ्रष्टाचार आरोप लागेका पूर्वराष्ट्रपति गार्सियालाई पक्राउ गर्न प्रहरीहरु निवासमा आएपछि उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको बीबीसीमा उल्लेख छ । 

 

 

11. देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारको धर्ना : देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिएका छन् ।  पोखराका पत्रकार अर्जुन गिरी पक्राउ परेको विरोधमा पत्रकारहरुले देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीवार बिहान धर्ना दिएका हुन् । 

 

 

12. चट्याङबाट कसरी बच्ने  ? अपनाउनुहोस् यस्तो उपाय :  अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । 
चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ । 
 

 

13. नेपालले भू–उपग्रहमा अन्तरिक्ष पठायो, प्रधानमन्त्री ओलीले भने, ‘नेपालको प्रतिष्ठा बढ्यो’ : नेपालले भू–उपग्रहमा अन्तरिक्ष पठाएको छ ।  बिहीवार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भू–उपग्रह ९नेपालीस्याट–१० अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । 

 

 

14. कांग्रेसमा भागबन्डा स् विभागमा पनि साठी–चालीस :  कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिपछि विभागसमेत साठी र चालिस प्रतिशतको भागबन्डाका आधारमा गठन गर्ने तयारी गरेको छ । सभापति शेरबहादुर देउवाले आन्तरिक शक्ति सन्तुलन मिलाउन २८ मध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ११ वटा विभाग दिने प्रस्ताव गरेका छन् । 

 

 

15. नेपालमा वार्षिक ४५ अर्ब बराबरको औषधि कारोवार :  नेपालमा वार्षिक ४५ अर्ब बराबरको औषधि कारोवार हुने गरेको छ । नेपाल औषधि व्यवसायी सङ्घको शुक्रवारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आज ‘बिहीवार’ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले देशमा कूल २१ हजार औषधिको व्यवसायमा आबद्ध भएको जानकारी दिए । 
    

 

16.  नेपाली सेनालाई आचारसंहिताः सामाजिक सञ्जालमा बर्दीको फोटो पोष्ट गर्न पनि निषेध :  नेपाली सेनाले सैनिक आचारसंहिता, २०७६ जारी गरेको छ । कतिपय अवस्थामा गलत नियतले नभइ, अज्ञानताका कारण अनपेक्षित कार्य हुने गरेको भन्दै नेपाली सेनाको जंगी अड्डाले सैनिक आचरण, मूल्य–मान्यता, आर्थिक कारोबार तथा बजेट, मिडिया नीति, सामाजिक सञ्जाल प्रयोगको परिधि लगायत नियम समेटिएका आचारसंहिता जारी गरेको हो ।

 

17. ट्राफिक प्रहरीको भत्ता ४० सम्म वृद्धि  :  सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ ।गत वैशाख २ गते बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको थियो । 

 

 

18. पत्रकार गिरी रिहा :  पत्रकार अर्जुन गिरी साधारण तारेखमा आज ‘मंगलवार’ रिहा भएका छन् । समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार गिरी साधारण तारेखमा रिहा भएका हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?