नयाँ वर्ष २०७६ को उपलक्ष्यमा युनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकहरुको लागि बम्पर उपहार ल्याएको छ ।
'‘यूनाइटेड सिमेन्ट्सको उपहार, सररर कार’' नामक योजना ल्याएको छ ।
ललितपुरको लेले स्थित आफ्नै चुनढुङ्गा खानीबाट चुनढुङ्गा उत्खनन गरि सिमेन्ट तथा क्लिङ्कर उत्पादन गर्दै आएको यूनाइटेड सिमेन्ट्सले बम्पर योजना अन्तर्गत २५ बोरा यूनाइटेड सिमेन्ट्सको खरिदमा ग्राहकले १ वटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् ।
कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चाँदी प्राप्त गर्नुका साथै अन्य १० देखि ५० ग्राम चाँदी तथा १ ग्रामदेखि १ तोला सुन जित्ने मौका पाउने छन् ।
कुपन स्क्र्याच गर्दा ५ ग्राम चाँदी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिन्छ । योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले हुण्डाई स्यान्ट्रो कार जित्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया