कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

कैलाली । धनगढीबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिका–६, ढुङ्गेबजार नजिकबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनगढी उपमहानगपालिका–११, बेलाका ५१ वर्षीय मोतीलाल राना र धनगढी उपमहानगरपालिका–६ मटियारीका २५ वर्षीय रमेश मल्ल छन् ।

उनीहरु चढेको से २ प ७८९८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १८ ग्राम ३ सय ७० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । 

प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुवैै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीमा राखिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?