चितवन घटना : परपुरुषसँगको सम्बन्धका कारण हत्या, प्रहरीले यसरी पक्रियो दोषी श्रीमान

लोकपथ
1.3k
Shares

काठमाडौं । गत मंसिर ६ गते चितवन भरतपुर महानगरपालिका–१२ मिलनचोकमा बोराभित्र फेला परेको दुई शवको पहिचान गरी प्रहरीले हत्यामा दोषीलाई पक्राउ गरेको छ ।

मंसिर ६ गते मिलनचोकस्थित कल्भर्ट मुनी शंकास्पद रुपमा जुटको बोरामा मुुखमा टेप लगाएको र घाँटीमा रातो सलले कसेको, हात खुट्टा दुवै कसेको अवस्थामा शव फेला परेको थियो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय चितवनको टोलीको सक्रियतामा घटनामा दोषी रहेका भारतीय व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार घर भएका ३३ वर्षीय अखिलेश भगत रहेका छन् ।

उनले भारत मोतिहारीका २९ वर्षीय ऋषभ कुमार कुशवाहा र भारत बिहारकी ३० वर्षीय अस्मिता भन्ने सन्जुदेवीको हत्या गरी बोरामा फालेको प्रहरीले जनाएको छ ।

मृतक सन्जु देवी र हत्या आरोपमा पक्राउ परेका अखिलेश भगत श्रीमान श्रीमती हुन् । सन्जुको ऋषभसँगको अवैध सम्बन्धका कारण अखिलेश र सन्जुबीच बारम्बार झगडा समेत पर्ने गरेको खुल्न आएको छ ।

प्रहरीका अनुसार मृतकहरु नेपालमा तरकारी, फलफुलको व्यापारका लािग पटकपटक आउने जाने गरेको र उनीहरु अन्तिमपटक दशैँ पश्चात नेपाल आई चितवनको मिलनचोकस्थित मृतक पुरुषको नाताले काका पर्नेको घरमा कोठा नजिकै अर्को कोठा लिएर बसेका थिए । मृतक सन्जुका श्रीमान अखिलेशले उनीहरुको सम्बन्धबारे थाहा पाइ गत मंसिर २ उनीहरु बसेको कोठामा गई हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अखिलेशले दुवैको हत्या गरी जुटको बोरामा प्याक गरी मंसिर ३ गते राति १२ः४५ र १ः१२ बजे दुई पटक गरी साइकलमा लाश कलभर्ट तर्फ लगेर फालेका थिए । त्यसपछि केही दिन नेपालमा बसी उनी गत मंसिर १६ गते भारततर्फ लागेका थिए । मंसिर ६ गते प्रहरीले शव फेला पारेपछि भारतीय प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरेको थियो । भने भारतीय प्रहरीले गत पुस १६ नै गते अखिलेशलाई पक्राउ गरी भारतको केन्द्रीय कारागार मोतिहारीमा राखि अनुसन्धान भइरहेको छ ।

उनले प्रहरीसँगको बयानको क्रममा आफूले आफ्नी श्रीमती र नाताले भतिज पर्ने ऋषभको हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले शवको पहिचान गर्न नसकेपछि स्केच समेत सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?