काठमाडौं । आज राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराइरहेका छन् ।
सो क्रममा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि नेपाल किसान मजदुुर पार्टीका तर्फबाट ४ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् । आज हेटौँडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर नेमकिपाका ४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
जसमा अपांग क्लस्टरबाट भक्तपुरका हिमालयस्वर मुलले उम्मेदवारी दर्ता गराएका छन् । भने अन्यमा काठमाडौंका श्रीकृष्ण महर्जन, दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फ कृष्ण लक्ष्मी दुवालले मनोनयन दर्ता गराएका छन् ।
अन्य दलका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया