काठमाडौं । गत मंसिर ६ गते चितवनमा बोराभित्र भेटिएको २ शवको पहिचान खुलेको छ ।
चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकस्तित पूर्वपश्चिम लोकमार्ग गोन्द्राण केन्द्रीय बस टर्मिनल सडकखण्डको कल्भर्टभित्र महिला र पुरुषको शव भेटिएको थियो ।
ती दुवै शव पहिचानका लागि प्रहरीले स्केच बनाएर सार्वजनिक गरेकोमा दुवै शव भारतीय नागरिकको रहेको खुलेको हो ।
तर उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरिसकेको छैन । ती दुवैको हत्या भारतीय नागरिकबाटै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । भने थप अनुसन्धानका लागि प्रहरी भारत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया