टुटलका संस्थापक भट्टलाई रिहा गर्न अदालतकाे आदेश

लोकपथ
364
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो ।

आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसूरको मुद्दामा अदालतले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको ठहर गरेको छ ।

अदालतमा अदालत समक्ष उपस्थित गराइएका भट्टका तर्फबाट वरिष्ठ अधिवक्ता लव कुमार मैनाली र सूर्य प्रसाद कोइरालाले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?