संस्थापनले एकलौटी गरेको भन्दै छलफलमा गगन–शेखर समूह

लोकपथ
2.3k
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा संस्थापनले एकलौटी गरेको भन्दै गगन–शेखर समूहले छुट्टै छलफल थालेको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवारको भागबण्डा टुंगो लगाएको थियो । जसमा नेपाली कांग्रेसलाई १० सिट परेको छ । तर पार्टीमा संस्थापनले उम्मेदवार छनोटमा मापदण्ड र योग्यता नहेरेको भन्दै अहिले गगन–शेखर समूहको बैठक जारी रहेको छ । डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरु शेखर कोइराला, अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतका नेताहरु रहेका छन् ।

आजै गठबन्धनको बैठकपछि छलफलका लागि गगन र शेखर सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पुगेका थिए । तर त्यहाँबाट राम्रो संकेत नदेखिएपछि नेताहरु छलफलमा जुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?