काठमाडौं । नेकपा एमालेले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
आज बसेको केन्द्रीय सचिवालय बैठकले ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
जसमा बागमती प्रदेशका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, कोशीका तुलसीप्रसाद न्यौपाने, सुदूरपश्चिमका दामोदर भण्डारी, झापाका दिपक कार्की र मधेश प्रदेपशबाट रामअवतार यादव रहेका छन् ।
आज मनोनित मध्ये कार्की झापा जिल्ला अध्यक्ष रहेका थिए भने अन्य ५ जना प्रदेश अध्यक्ष भइ काम गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया