काठमाडौं । सर्लाहीमा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो सर्लाहीको बरहथवा ६ प्राथमिक स्थास्थ्य केन्द्रको स्तरोन्नतीको विषयमा विवाद हुँदा झडपको स्थिती सिर्जना भएको थियो ।
सो क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले लोकपथलाई जानकारी दिए । उनको मृत्यु प्रहरीको गोलीबाट हो वा अन्य कारणले हो भन्ने खुल्न नसकेको उनले बताए ।
‘स्वस्थ्य चौकीको विषयलाई लिएर विवाद भएको थियो । सो क्रममा एक जनाको मृत्यु भएको छ ।’ उनले भने ।
उक्त स्वास्थ्यचौकी स्तरोन्नतीका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै एमालेसहितका दलहरुले आज प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले नगर कार्यपालिकाको कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले स्थिती नियन्त्रणका लागि केही थान अश्रुग्यास समेत प्रहार गरेको थियो । सो क्रममा भागदौड समेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया