पर्यटनमन्त्री किरातीविरुद्ध प्रहरीमा जाहेरी, ३ वर्ष कैद माग

लोकपथ
854
Shares

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

मन्त्री किरातीले धार्मिक भावनामा आँच पुर्याएको भन्दै उनीविरुद्ध काठमाडौंका धुव्रराज लुइँटेलले जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन् ।

जाहेरवाला लुइँटेलले मन्त्री किरातीलाई ३ वर्ष कैद र २० हजारसम्म जरिवाना माग गरेका छन् ।

मन्त्री किरातीले गत पुस ४ गते ‘क्रिश्चियन धर्म मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्नु देशद्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेल हालिने’ भन्ने अभिव्यक्तिले धार्मिक भावनामा चोट पुर्याएको आरोप रहेको छ । मन्त्री किरातीले हिन्दू धर्मलाई हेयको दृष्ट्रिकोणले हेरी क्रिश्चियन धर्म प्रचार समेत गरेको आरोपसहित जाहेरी परेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?