काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ ।
राजीनामा दिएको एक महिनापछि गजुरेलको राजीनामा स्वीकृति भएको हो ।
प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले नियुक्त भएको १० महिनापछि गत २० मंसिरमा राजीनामा बुझाएका थिए ।
यसअघि आचार्यले आफ्नो राजीनामा स्वीकृत हुन ढिलाइ भएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए ।
राजीनामाको कारणबारे भने गजुरेलले सरकारको काम कारवाहीसँग नीतिगत रूपमा असहमति रहेको बताएका छन् ।गजुरेल माओवादी केन्द्रका उपमहासचिब हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया