बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु

लोकपथ
161
Shares

काठमाडौं । बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँटबारे छलफल गर्न केही बैठक बेरअघिबाट सुरु भएको हो ।

बैठकमा राष्ट्रियसभा सदस्यका लागि कुन दलबाट कति उम्मेदवार उठाउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

साथै समसामयिक राजनीतिक घटनाक्रम बारेमा समेत छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताहरूको सहभागीता रहेको छ ।

राष्ट्रियसभा सदस्य उम्मेदवारको उम्मेदवारी मनोनयनको लागि आगामी पुस २३ गतेको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?