बालकुमारी घटना : डीआईजी आचार्यको नेतृत्वमा छानबिन समिति गठन

लोकपथ
2.9k
Shares

काठमाडौं । बालकुमारी घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे छानबिन उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा गृह मन्त्रालयले समिति गठन गरेको हो ।

उक्त समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन् ।

आज बिहानैदेखि भाषा परीक्षा दिन बञ्चित युवाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए । सोही क्रममा आक्रोशित युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए ।प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?