सालकको २०८ किलो खपेटासहित दुईजना पक्राउ

लोकपथ
1.6k
Shares

विराटनगर । प्रहरीले सालकको २०८ किलो खपेटासहित संखुवासभामा दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी चेपुवा संखुवासभाबाट खटिएको टोलीले ग्रामीण गस्ती गर्ने क्रममा भोटखोला गाउँपालिका–२ च्याम्ताङमा उनीहरुलाई पक्राउ गरेको हो ।

चेपुवाबाट च्याम्ताङ जाने पैदल बाटोमा सामान सहितको बोरा बोकी हिँड्दै गरेका बेला प्रहरीले उनीहरुलाई भेटेको थियो ।त्यस क्रममा आफूहरुले बोकेको बोरा फालेर उनीहरु भागेका थिए ।

बोरा जाँच गर्ने क्रममा प्रहरीले वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) फेला पारेको थियो ।फरार भएकाहरुको खोजी गर्ने क्रममा प्रहरीले भोटखोला गाउँपालिका–२ का ३५ वर्षीय छिरिङ भोटेलाई पक्राउ गरेको थियो ।

सातवटा बोरामा प्याकिङ्ग गरेको अवस्थामा रहेको उक्त सालकको खपेटा जस्तो देखिने पदार्थको तौल करिब २०८ किलो रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भोटेसँगबाट प्रारम्भिक सोधपुछको क्रममा अर्का व्यक्ति भोटखोला गाउँपालिका–२ च्याम्ताङकी १८ वर्षीय डेमा थिकेपालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई बरामद भएको सालकको खपेटासहित आवश्यक अनुसन्धानका लागि मकालु बरूण राष्ट्रिय निकुन्ज कार्यालय हेदङ्नामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?