काठमाडौं। बालकुमारीमा प्रदर्शनका क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत युवकको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले लोकपथलाई जानकारी दिए । मृतक युवकको पहिचान खुलेको छैन।
त्यस्तै, प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर यसअघि एक जनाको मृत्यु भइसकेकाे छ । उनकाे उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको थियो ।
ईपीएसमार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो ।प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया