काठमाडौं। बालकुमारीमा प्रदर्शनका क्रममा प्रहरीकाे गोली लागेका एक जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीको गोली लागेपछि ती घाइतेलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ । घाइते उनको हाल आईसीयूमा उपचार भइरहेको छ ।
यसअघि प्रहरीको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको थियो ।
ईपीएसमार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली र अश्रुग्यास प्रहार गरेको थियो ।प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया