काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसला सुनवाइ अन्तिम चरणमा पुगेको छ । आज प्रतिवादी सन्दीप लामिछानेका तर्फबाट पूर्वमहान्याधीवक्ता रमण श्रेष्ठले करिब एक घण्टा लामो बहस गरे ।
श्रेष्ठले जाहेरीकर्ता नाबालिग नरहेको र उनले दाबी गरेअनुसार बारदात स्थापित पनि नभएको बाताएका छन् ।
श्रेष्ठले भने, ‘साइकल चलाउँदा वा अन्य शारीरिक क्रियाकलापले पनि वल्ड टियर देखिन सक्छ भन्ने डाक्टरले नै बकपत्र दिइसकेको अवस्थामा यसकै आधारमा सन्दीपबाट बलात्कार भएको ठहरिन सक्दैन ।’ऐनले उल्लेख गरेका पाँचवटै कागजातहरूले गौशाला २६ को उमेर सन्दीपसँग भेट हुँदाको बखत १८ वर्ष काटिसकेको देखिने श्रेष्ठले स्पष्ट पारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया