सन्दीपविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा, बिहिबार सुनुवाइ हुने

लोकपथ
448
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दा आजपनि हेर्दाहेर्दैमा परेको छ ।

सन्दीप विरुद्धको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइले बुधबार पनि निरन्तरता पाएको थियो । तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । सो मुद्दामा बिहिबार सुनुवाइ हुने भएको छ ।

गत आइतबारदेखि न्यायाधीश शिशिरराज ढकालको इजलासमा सन्दीपविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ भएको छ ।

सो मुद्दामा सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्षभन्दा कम उमेरकी किशोरीसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?