काठमाडौं । सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिदको अनुसन्धान गर्न अख्तियारलाई दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
बुधबार प्रतिनिधिसभाको लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरुसँग छलफल गरेर यस्तो निर्देशन दिएको हो ।
साथै लेखा समितिले यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।
समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया