पोखरा । घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली कार्यकक्षबाटै पक्राउ परेका छन् ।
१ करोड २५ लाख रूपैयाँ घुस लिएको आरोपमा पूर्व रजिस्ट्रार पराजुलीलाई पर्वत प्रहरीले बुधवार कार्यकक्षबाटै पक्राउ गरेको हो ।
पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेका थिए । सहकारीका अध्यक्ष रमण पौडेलले १ करोड २५ लाख लिएको बयान दिएको आधारमा पराजुलीलाई पक्राउ गरिएको पर्वतका डीएसपी खुमलाल भुसालले जानकारी दिए ।
उनलाई आजै कास्की पठाउने बताइएको छ । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
पूर्व रजिस्ट्रार पराजुली अहिले पर्वतको कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया