प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ : ‘परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन्’

लोकपथ
182
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले जिम्मेवारी पूरा गर्न नसक्ने स्थिति आए पद ओगटेर नबस्ने बताएका छन् ।

मंगलबार कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका उनले कार्यसम्पादनमा खरो उत्रन नसके पद ओगटीरहन नहुने बताए ।

उनले काम गरेर देखाउन नसक्ने मातहतका सबैलाई आफूले माफ नगर्ने र काम गरेर देखाउनैपर्ने दबाबमा सरकार रहेको बताए ।

दाहालले भने, ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन । हामी सबै आआफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं ।’

उनले थपे, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ । यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन ।’

सम्बोधनको क्रममा उनले नयाँ र शानदार इतिहास लेख्नै बाँकी रहेको बताउँदै सबै मिलेर यसका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?