प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रका नाममा सम्बोधन (लाइभ)

लोकपथ
175
Shares

काठमाडौं । नयाँ संविधान जारी भएपछि दोश्रो आवधिक निर्वाचन भएर प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकार गठन भएको आज मंगलबार एक वर्ष पूरा भएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट देशबासीका नाममा विशेष सम्बोधन गरिरहेका छन् ।

संसद्को अधिवेशन स्थगित भइसकेको अवस्थामा प्रधानमन्त्री दाहालले पत्रकार सम्मेलन गर्दै राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

उक्त सम्बोधनमा प्रधानमन्त्री दाहालले सरकारको एक वर्षको समीक्षा, आगामी कार्यदिशा र विशेष घोषणाहरू समेत गर्ने जनाइएको छ । तेश्रो पटक प्रधानमन्त्री बन्दा पहिलो पटक एक वर्षे कार्यकाल पूरा गर्न पाएका प्रधानमन्त्री दाहालले अब नयाँ ढंगले काम गर्ने बताउँदै आएका छन् ।

गतवर्ष मंसिर ४ गते निर्वाचन भएपछि संसद्को तेश्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० प्रधानमन्त्री नियुक्त भएका थिए । आज मंगलबार दाहाल प्रधानमन्त्री नियुक्त भएको ठीक एक वर्ष पूरा भएको छ ।

दाहाल ०७३ मा पहिलो पटक प्रधानमन्त्री हुँदा नौ महिनामै सरकार ढलेको थियो भने ०६५ मा पनि उनले प्रधानमन्त्रीकोरुपमा १० महिनाभन्दा बढी समय कटाउन पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?