बालुवाटारमा तीन दलका शीर्ष नेताहरूको बैठक आज पनि जारी

लोकपथ
259
Shares

काठमाडौं । बालुवाटारमा तीन दलका शीर्ष नेताहरूबीच आज पनि बैठक जारी छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन बालुवाटार शीर्ष नेताहरुबीचको बैठक सुरु भएको हो।

हिजो पनि तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन् ।

जारी बैठकमा कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, कानूनमन्त्री धनराज गुरुङ, माओवादीका उपमहासचिव वर्षमान पुन, एमालेका सचेतक महेश बर्तौलालगायत नेताहरुको सहभागीता रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?