भुटानी शरणार्थी प्रकरण : टेकनाथले बुझाए धरौटी, बुधबार रिहा हुने

लोकपथ
105
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् ।

रिजालले आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर अदालतबाट छुट पुर्जी पनि लिएका छन् ।

उनले धरौटी रकम बुझाएपनि कार्यालय समय सकिएकाले आज रिहा भने हुन पाएनन् । दुई दिन सार्वजनिक विदा भएका कारण  उनी बुधबार रिहा हुने केन्द्रीय कारागार कार्यालय स्रोतले जनाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा काठमाडौं जिल्ला अदालतले रिजाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

उच्च अदालत पाटनले उनलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको तर धरौटी रकम बुझाउन नसकेपछि उनी रिहा हुन सकेका थिएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?