काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।
गत मंसिर २८ मा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका हुन् ।
मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया