काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश तहको पहिलो सम्मेलन आजदेखि सुरु हुने भएको छ ।
प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न र थप जवाफदेही बनाउँदै लैजाने विषयमा प्रदेश सम्मेलनमा छलफल हुने प्रवक्ता तिलकप्रसाद रुवालीले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले पहिलो प्रदेश सम्मेलन मार्फत प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न र थप जवाफदेही बनाउँदै लैजाने विषयमा छलफल गरेर कार्यक्रम बनाउने उदेश्य राखिएको बताईएको छ ।
सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनहरुमाथि छलफल गरिने छ।
पार्टी भित्रको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त, दुरुस्त र थप समावेशी बनाउने विषय पनि सम्मेलनको छलफलको एजेन्डा बनाएको जानकारी दिईएको छ।
काठमाडौंको सुकेधारामा हुने सम्मेलको सभापति शेरबहादुर देउवाले आज बिहान उद्घाटन गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया