बालबालिकाको हक कार्यान्वयनमा सरकार गम्भीर : बालबालिका मन्त्री आचार्य

लोकपथ
42
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बालबालिकाको शिक्षा, स्वास्थ्यको हक स्थापित गर्न सरकारले काम गरिरहेको बताएका छन् ।

आज भिन्न क्षमता भएका कविद्वारा दर्शन कविता संग्रह सार्वजनिक गर्दै समारोहमा उनले ६ वर्षदेखि मन्त्रालयमा रहेको बालबालिका नीति मन्त्रिपरिषद्बाट पास भएको भन्दै अब बालबालिकाको मौलिक हक कार्यान्वयनमा जाने बताए ।

‘अनाथ र अपाङ्ग भएको बालबालिकाहरुको विषयमा हामीसँग नीति र कानूनको अभावले धेरै कुराहरु गर्न छुटेको थियो, ६ वर्षदेखि बालबालिका नीति भनेर मन्त्रालयमा रहेको थियो, मैले त्यसलाई अगाडि बढाएको छु ।’ उनले भने, ‘हिजोको मन्त्रिपरिषद्को बैठकबाट त्यो पास भएको छ । मलाई विश्वास छ अब यस्तो बालबालिकाको हक, शिक्षा, स्वास्थ्यको लागि कार्यक्रमहरु अगाडि बढाउने छ ।’

उनले दर्शनको कवितालाई विश्व किर्तिमानका रुपमा अगाडि बढाउन र मन्त्रीको हैसियतले सम्मान पनि गर्ने प्रयासमा अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् ।

उनले भने, ‘आज दर्शनले शरीरको एउटा अङ्गबाट लेखेको यो कवितालाई विश्व किर्तिमानका रुपमा अगाडि बढाउनु पर्छ र म यो मन्त्रालयको मन्त्रीको हैसियतले म दर्शन केसीलाई सम्मान पनि गर्न चाहन्छु र विशेष किसिमको कार्यक्रम राखेर सम्मानित गर्नको लागि पनि म मन्त्रालयमा पुगेर अन्य पदाधिकारीहरूसँग सल्लाह गर्ने छु ।’

यस्तै, उनले दर्शन केसीको यो कृती लेखनको क्षमता देशमा अन्य क्षेत्रमा रहेका अपाङ्गता भएका मानिसमा पनि हुन सक्ने भन्दै त्यस्तो प्रतिभालाई उजागर गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?