काठमाडौं । पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएका छन् ।
क्रिश्चियन धर्म नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएको भाषणले उनी विवादमा मुछिएका हुन् ।
क्रिश्चियन धर्मको प्रचारमा गरेको एउटा उग्र भाषणले पर्यटनमन्त्री सुदन किराँती विवादमा मुछिएका छन् । उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए
बुधबार काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सो कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए ।
‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिन भन्नेहरू संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरूलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले भने।
उनले संसारमा ३० प्रतिशत मान्छेले क्रिश्चियन धर्म मान्ने र संसारले मानेको धर्म हामीले नमान्ने भन्दै प्रश्नसमेत गरे ।
किराँतीले यस क्रममा प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने भन्दै प्रचण्डलाई जिसससँग तुलना समेत गरे।
उनले भने, ‘अहिलेको प्रधानमन्त्री प्रचण्ड ज्यू जिससजस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्डजस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मन पर्छ रे ।’
आफू राज्यको एक जिम्मेवार पदमा रहेको बिर्सेर उनी क्रिश्चियन धर्म प्रचारकका रूपमा प्रस्तुत भएसँगै उनको चौतर्फी बिरोध भएको छ ।
रास्वपा सभापति रवी लामिछानेले सामाजिक सञ्जालमार्फत मन्त्री किँरातीको अभिव्यक्ति, सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक भएको बताएका छन् ।
साथै उनले यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छरु भन्दै प्रश्न गरेका छन् ।
यसैगरि राप्रपाका अध्यक्ष कमल थापाले पनि क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री सुदन किराँतीको राजीनामाको माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया