काठमाडौं । एनसेलको शेयर खरिद बिक्रीबारे सर्वोच्च अदालतले एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले लिखित जवाफ माग गरेको हो ।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले एनसेलको स्वामित्व बिक्री प्रकरणमा एनसेल आजियटा लिमिटेड, नेपालको दूरसञ्चार प्राधिकरणलगायतका निकायसँग लिखित जवाफ माग गरेको हो ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेर नेपालबाट बाहिरिएको छ ।
सो कारोबार शंकास्पद र अविश्वसनीय रहेको भन्दै नेपालमा सार्वजनिक रुपमा प्रश्न उठेका बेला सांसद सिंहले उक्त कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया