भैँसेपाटी आगलागी अपडेट : ५५ लाखको क्षति

लोकपथ
63
Shares

ललितपुर । ललितपुर महानगरपालिका-२५ भैँसेपाटीमा मंगलबार भएको आगलागीमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

निर्माणका सामान राखेको छाप्रोमा विद्युत् सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?