भिजिट भिसा प्रकरण : नेपाल एयरलाइन्सका दुई कर्मचारी निलम्बित

लोकपथ
1.4k
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणमा पक्राउ परेका नेपाल एयरलाइन्स ९नेवानि० का दुई कर्मचारी निलम्बनमा परेका छन् ।

भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई पक्राउ गरेको छ ।

उनीहरुलाई निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले निलम्बन गरेका हुन् ।

उनीहरुको मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन जारी रहने वायुसेवा निगमका कर्मचारीहरुको सेवा, शर्त सम्बन्धी नियमावलीको प्रावधान छ ।

भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउन सहयोग गरेको अभियोगमा उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?