काठमाडौं । एनसेल प्रकरणमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
सांसद सिंहले दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो ।
उनै राउतको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो। अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलक लागि बोलाएको छ ।
लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट आज मंगलबार भने सुनुवाइ भएको हो ।
सिंहले मङ्सिर २२ गते दायर गरेको रिट मङ्सिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको थियो ।
सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया