हेटौंडा । जीतपुर सिमरा उपमहानगरका वडाध्यक्ष तारा कार्की पाँच लाख घुस रकमसहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा बारा जीतपुर सिमरा उपमहानगरपालिका- ३ का वडाध्यक्ष कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले पक्राउ गरेको हो ।
जीतपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो ।
वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया